जसपा नेपालको लुम्बिनी प्रदेश समितिमा पदाधिकारी तथा सदस्य चयन
मङ्गलबार, १३ कात्तिक २०८१, ०९ : ०४
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेश समितिमा पदाधिकारी तथा सदस्य चयन गरिएको छ । लुम्बिनी प्रदेशको दाङ देउखुरीमा सम्पन्न विस्तारित बैठकबाट प्रदेश समितिको उपाध्यक्षमा बाबु खाँ पठान, सचिवहरू शिवपुजन यादव, सुशीला पौडेल शर्मा, शिवकुमार चौधरी र कोषाध्यक्षमा विद्या प्रसाद यादवलाई चयन गरिएको हो ।
त्यस्तै समितिको कार्यकारिणी समितिको सदस्यमा निरू गैरै, गौतम यादव, बच्चुलाल केवट, स्वामीनाथ शर्मा र महेमुद इद्रिसी चयन भएका छन् ।
जसपा नेपालको कार्यवाहक अध्यक्ष रामअवतार यादव र मुख्य सचिव राजन राना मगर रहेका छन् । बैठकबाट प्रदेश समितिको सदस्य पदमा जयन्तीदेवी श्रीवास्तव, मो. सब्बिर अन्सारी , उत्तम गुप्ता र ईसरत मुकेरीलाई चयन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
-
प्रादेशिक व्यापार व्यवसाय ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
-
अनशनरत अभियन्ता सोनम वाङचुकको स्वास्थ्य दैनिक निगरानी गर्न दिल्ली उच्च अदालतको आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण