तीन महिनामा ६ अर्बको खाद्यान्न आयात
काठमाडौँ । नेपालमा चालु आर्थिक वर्षको तीन महिनामा ६ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार साउन भदौ र असोज गरी तीन महिनामा ६ अर्ब ९७ करोड २० लाख ९० हजार रुपैयाँको खाद्यान्न वस्तु आयात भएको हो ।
यस्तै सो तीन महिनामा १ करोड ७ लाख ५७ हजार रुपैयाँको मात्रै खाद्य वस्तु निर्यात गरिएको छ । चालु आर्थिक वर्षको तीन महिनामा ६ अर्ब ९६ करोड १३ लाख ३३ हजार रुपैयाँ नेपालले खाद्यान्नमा व्यापार घाटा व्यहोरेको छ ।
यस्तै, सो कारोबारबाट सरकारले ६३ करोड २७ लाख ७९ हजार राजस्व सङ्कलन गरेको विभागको तथ्याङ्कमा उल्लेख छ । सो अवधिमा १ लाख २४ हजार ११८ मेट खाद्यान्न आयात भएको हो ।
यी खाद्यान्न चीन, भारत, ब्रजिल, थाइल्याण्ड लगायत मुलुकबाट आयात हुन्छ । यहाँबाट, चामल, गहुँ, मकै लगायत विभिन्न खाद्य वस्तु आयात हुने विभागको तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ : पूर्वप्रधानमन्त्री भट्टराई
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण