पूर्वाधार निर्माणमा ढिलासुस्ती गर्न दिइँदैन : मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूर्वाधार निर्माणमा हुने ढिलासुस्तीलाई सरकारले नसहने बताएका छन् । निर्माणको जिम्मा लिने तर समयमा काम सम्पन्न नगर्ने प्रवृत्तिलाई अन्त्य गर्ने योजना सरकारले बनाएको जानकारी दिदै ढिलासुस्तीलाई नसहने उनले स्पष्ट पारे ।
दाङको धार्मिक पर्यटकीय स्थल बाह्रकुने दहमा आज आयोजना गरिएको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले पूर्वाधार निर्माणमा हुने ढिलासुस्तीलाई सरकारले नसहने, अटेरी गर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राखेर कारबाही गरिने समेत चेतावनी दिए । बाह्रकुने दह क्षेत्रमा बहुउद्देश्यीय पार्क निर्माणको योजना अघि बढे पनि त्यो कामले गति नलिएको बारे स्थलगत अनुगमनका लागि मुख्यमन्त्री आचार्य पुगेका थिए।
उनले निर्माण व्यवसायीको आफ्नो इज्जत र प्रतिष्ठा बचाउनको निमित्त पनि समयमा सम्पन्न गर्नुपर्ने बताए । यो बहुउद्देश्यीय पार्कमा प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालय अन्तरगत पर्यटन डिभिजन कार्यालयबाट ६ करोड ६ लाखमा निर्माण अघि बढेको हो । नागार्जुन/शिव निर्मल जेभी सल्यानले जिम्मेवारी पाएको थियो ।
बहुउदेश्यीय पार्क अन्तरगत दहको मूल गेट, ड्याम, लगायतका पूर्वाधार निर्माणको काम गर्नेगरी सम्झौता गरिएको थियो । तर, निर्माण व्यवसायीले प्रभावकारी रुपमा काम अघि बढाउन नसकेको गुनासो आयपछि मुख्यमन्त्री र विभागीय मन्त्रीले यस बारेमा चासो दिएका हुन् ।
सो अवसरमा पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्यौपानेले पर्यटकीय क्षेत्रलाई पूर्वाधारमा सम्पन्न बनाउने गरी सरकारले योजना अघि बढाएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण