साफ महिला च्याम्पियनसिपको फाइनल : रंगशालाभित्र लैजान निषेध गरिएका वस्तुको सूची सार्वजनिक
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिपको फाइनल खेलमा सुरक्षा अवस्थालाई ध्यानमा राखी रंगशालामा केही सामग्री लैजान निषेध गरेको छ ।
निषेध गरिएका सामाग्री नलिई खेल हेर्न आउन एन्फाले दर्शकहरूसँग अनुरोध गरेको छ । निषेधित गरिएका सामाग्रीमा बन्दुक, छुरा र अन्य कुनै पनि प्रकारका धारिला हातहतियार रहेका छन् ।
यसैगरी, चुरोट, लाइटर, सलाईलगायतका सामाग्रीलाई पनि निषेध गरिएको छ । मदिरा र अन्य नशालु पदार्थहरू पनि रंगशालाभित्र लैजान निषेध गरिएको छ ।
झोला र ठुला ब्याग पनि निषेध गरिएको छ । साना ब्यागहरू पनि जाँचपछि मात्र रंगशाला प्रवेश गराउन अनुमति दिइने एन्फाले जनाएको छ ।
यसैगरी, हेल्मेट पनि रंगशाला लैजान पाइने छैन । अनुमति बिना ब्यानर, झण्डा, पोस्टरलगायतका प्रचार सामग्री पनि रंगशालाभित्र लैजान नपाइने एन्फाले जनाएको छ ।
यसैगरी, पानीको बोतल, क्यान, पत्थर, र अन्य फ्याँक्न मिल्ने वस्तुहरूसँगै धातुका मुद्रा पनि रंगशालाभित्र लैजान नपाइने एन्फाले जनाएको छ ।
यसैगरी, खेलाडी तथा रेफ्रीलाई लक्षित गर्ने लेजर लाइट पनि निषेध गरिएको छ । छाता, लिपस्टिक, नेल कटर, कैँची, काइयोलगायतका वस्तु पनि रंगशालाभित्र लैजान नपाइने एन्फाले जनाएको छ ।
साफ महिला च्याम्पियनसिपको फाइनल खेल बुधबार नेपाल र बंगलादेशबिच हुँदेछ । फाइनल खेल नेपाली समयअनुसार साँझ १८ः३० बजे सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण