सुनको असर्फीमा राष्ट्र बैंकको ७५० रुपैयाँ ज्याला
मङ्गलबार, १३ कात्तिक २०८१, १८ : २१
काठमाडौँ । नेपाल राष्ट्र बैंकले धनतेरसको अवसरमा सुनको असर्फी बिक्री गरेको छ । मंगलबार नेपाल राष्ट्र बैंकको टक्सार विभागमा दिउँसो चार बजेसम्म पुगेका ग्राहकलाई स्टक रहेसम्म यस्तो असर्फी बिक्री गरेको टक्सार महाशाखाका कामु निर्देशक सम्झना ढकालले जानकारी दिइन् ।
मंगलबार बिक्री गरिएको २.५ ग्रामको सुनसहितको असर्फी ३६ हजार ८६५ रुपैयाँमा बिक्री गरिएको छ । मंगलबार सुनको मूल्य प्रति १० ग्राम १ लाख ४४ हजार ४६० रुपैयाँ रहेको थियो । यो आधारमा हेर्दा २.५ ग्राम सुनको मूल्य ३६ हजार ११५ रुपैयाँ हुन आउँछ ।
उक्त मूल्यमा अतिरिक्त ७५० रुपैयाँ ज्याला थपेर असर्फीको मूल्य निर्धारण गरिएको हो । चाँदीको असर्फी, सिक्का तथा मेडालियनको मूल्य भने यसअघि नै तोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार माझी पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण