अमेरिकाको नेपाली बैंकको ब्रान्ड एम्बेसडरमा कलाकार सरिता
काठमाडौँ । अभिनेत्री सरिता लामिछाने अमेरिकामा नेपालहरूले स्थापना गरेको एउटा बैंक (वित्तीय संस्था)को ब्रान्ड एम्बेसडरमा अनुबन्धित भएकी छिन् । नेपालीहरूले खोलेको नेपाली वित्तीय संस्था एभरेष्ट फेडेरल क्रेडिट युनियन (नेपाली बैंक)को ब्राण्ड एम्बेसडरमा उनी अनुबन्धित भएकी हुन् ।
बैंकको तेस्रो वार्षिक साधारण सभाबाट अभिनेत्री सरितालाई अनुबन्धित गरिएको सो बैंकको सञ्चालक समितिले जनाएको छ । संस्थापक अध्यक्ष मोहन ज्ञवाली रहेको एभरेष्ट फेडेरल क्रेडिट युनियनको प्रधान कार्यालय तीन वर्षअघि अमेरिकाको न्युयोर्कमा स्थापना गरिएको थियो ।
बैंकका वर्तमान अध्यक्ष डा. मदन उप्रेतीले नेपाली चलचित्र तथा टेली चलचित्रमा लामो समयदेखि योगदान दिएको र यतिबेला अमेरिकामा रहेका कारण पनि अभिनेत्री सरिता लामिछानेलाई यो नेपाली बैंकको ब्राण्ड एम्बेसडरमा नियुक्त गरिएको बताए ।
न्युयोर्कपछि टेक्सासमा शाखा खोलेर सेवा दिँदै आएको यो बैंकको नयाँ शाखा यसै महिना ओहायो र भर्जिनियाँमा खुल्दैछ । यो नयाँ शाखाको उद्घाटन सम्पन्न गरेर आफू अमेरिकाबाट नेपाल फर्कने अभिनेत्री लामिछानेले बताइन् ।
‘अमेरिकामा रहनु भएका नेपालीहरूले यहाँ नेपाली बैंक स्थापना गर्नु आफैँमा खुसीको कुरा हो । सो बैंकको ब्रान्ड एम्बेस्डरको जिम्मेवारी पाउँदा म झनै खुसी भएको छु,’ सरिताले भनिन्,‘यो बैंकको प्रचार प्रसारमूलक विज्ञापनसहित प्रवर्धनको विभिन्न परियोजनामा म संलग्न रहने छु । मैले ब्रान्ड एम्बेस्डरको रूपमा निर्वाह गर्नुपर्ने भूमिकालाई जिम्मेवारीपूर्वक निभाउने छु ।’
यो बैंकका सिईओ विराज रिजालले ब्रान्ड एम्बेस्डरमा अभिनेत्री सरिता लामिछाने नियुक्त भएकोमा लामिछानेलाई बधाई ज्ञापन गरेको छन् । लामिछानेको सहयोगले यो बैंकको प्रवर्धनसँगै वित्तीय कारोबार वृद्धिमा अझ धेरै सहयोग पुग्ने विश्वास उनले व्यक्त गरेका छन् । यो बैंकको अन्य राज्यहरूमा पनि शाखा खोल्ने तयारी भइरहेको पनि सीईओ रिजालले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण