सलमानलाई फेरि ज्यान मार्ने धम्की

नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानलाई फेरी ज्यान मार्ने धम्की आएको छ । भारतीय सञ्चारमाध्यममा आएका समाचारहरूलाई विश्वास गर्ने हो भने यसपटक धम्की दिने व्यक्तिले २ करोड फिरौती मागेका छन् ।
मुम्बई ट्राफिक प्रहरीले प्राप्त गरेको यस धम्कीमा पैसा नतिरे अभिनेताको ज्यान लिने बताइएको छ । म्यासेज पाएलगत्तै वर्लीमा उपस्थित अधिकारीहरूले म्यासेज पठाउने अज्ञात व्यक्ति विरुद्ध मामिला दर्ता गरी अनुसन्धान सुरु गरेका छन् ।
२५ अक्टोबरमा पनि आएको थियो धम्की
५ दिनअघि पनि सलमानलाई यस्तै खालको ज्यान मार्ने धम्की आएको थियो । धम्क्याउने ती अभियुक्तलाई मंगलबार मुम्बई प्रहरीले नोएडाबाट पक्राउ गरेको थियो ।
उनको पहिचान मोहम्मद तैयब भएको बताइएको छ । नोएडाका एसीपी प्रवीणकुमार सिंहले भनेअनुसार आरोपीलाई सुरजपुर अदालतमा पेश गरिनेछ अनि त्यहाँबाट मुम्बई प्रहरीले उनलाई ट्रान्जिट रिमाण्डमा लिनेछ ।
तय्यबले २५ अक्टोबरको साँझ एनसीपी नेता बाब सिद्दिकीका छोरा जिशान सिद्दिकीको बान्द्रास्थित कार्यालयमा पनि धम्कीपूर्ण सन्देश पठाएका थिए ।
जसमा सलमान खान र जिशानलाई फिरौती नतिरे ज्यान मार्ने धम्की दिइएको थियो । जिशानका एक कर्मचारीले प्रहरीमा एफआईआर दर्ता गरेका थिए ।
यसअघि बाबा सिद्दिकीको हत्या भएको ६ दिनपछि पनि अक्टोबर १२ मा पनि सलमानलाई ज्यान मार्ने धम्की आएको थियो । यो धम्की मुम्बई ट्राफिक कन्ट्रोल रुममा व्हाट्सएप म्यासेज मार्फत पठाइएको थियो ।
धम्की दिने व्यक्तिले आफू लरेन्स गिरोहको सदस्य भएको दाबी गरेको थियो । मुम्बई पुलिसका अनुसार धम्कीपूर्ण सन्देशमा ‘यसलाई हल्कामा नलिनुहोला ।
जिउँदो रहने हो र लरेन्ससँगको दुश्मनी अन्त्य गर्न चाहन्छन् भने सलमानले ५ करोड रुपैयाँ दिनुपर्छ । पैसा दिएनन् भने सलमान खानको हालत बाबा सिद्दिकीको भन्दा खराब हुनेछ’ भनिएको थियो ।
मुम्बई प्रहरीले धम्क्याउने व्यक्तिलाई अक्टोबर २३ मा झारखण्डको जमशेदपुरबाट पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर महिला गोल्डकप : फाइनलमा एपीएफ र पुलिस भिड्ने
-
असार अन्तिममा गण्डकी कप महिला फुटबल हुने
-
पोखरामा अनधिकृत व्यापारले हैरानी, व्यवसायीलाई दु:ख नदिन महानगरसँग आग्रह
-
कर्णाली प्रदेशमा खानेपानीको समस्या अन्त्य गर्छौँ : मन्त्री यादव
-
लागूऔषध सहित पोखराबाट २ जना पक्राउ
-
भाटभटेनीबाट रक्सी, चुरोट र ‘सितन’ चोर्ने पक्राउ