चार दिनपछि मात्र धान काट्न नार्कको आग्रह
बुधबार, १४ कात्तिक २०८१, १४ : ५६

काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले ३ देखि ४ दिनपछि मात्र धान काट्न आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाले तिहारको अवधिमा विभिन्न प्रदेशमा वर्षाको सम्भावनाको अनुमान गरेसँगै नार्कले किसानलाई ३ देखि ४ दिनपछि मात्रै धान काट्न आग्रह गरेको हो ।
महाशाखाले आज एक विशेष बुलेटिन जारी गर्दै तिहारको चतुर्दशी (५ गते), औँसी (१६ गते), प्रतिपदा (१७ गते) र द्वितीया (१८ गते) का दिनहरूमा देशको कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशहरूका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
पाकेको धान काट्नै पर्ने भएमा उपलब्ध मेसिनहरु प्रयोग गरि जति सक्दो छिटो काट्न आग्रह गरिएको छ । काटेको धान खेतमा नछोड्न नार्कको सुझाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
स्थानीय र पश्चिमी वायुसँगै भारतबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव कायमै
-
सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशामा स्थानीय दंग
-
गृहमन्त्री लेखक र भाजपा नेता कोशियारीबिच भेटवार्ता