चार दिनपछि मात्र धान काट्न नार्कको आग्रह
बुधबार, १४ कात्तिक २०८१, १४ : ५६
काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले ३ देखि ४ दिनपछि मात्र धान काट्न आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाले तिहारको अवधिमा विभिन्न प्रदेशमा वर्षाको सम्भावनाको अनुमान गरेसँगै नार्कले किसानलाई ३ देखि ४ दिनपछि मात्रै धान काट्न आग्रह गरेको हो ।
महाशाखाले आज एक विशेष बुलेटिन जारी गर्दै तिहारको चतुर्दशी (५ गते), औँसी (१६ गते), प्रतिपदा (१७ गते) र द्वितीया (१८ गते) का दिनहरूमा देशको कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशहरूका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
पाकेको धान काट्नै पर्ने भएमा उपलब्ध मेसिनहरु प्रयोग गरि जति सक्दो छिटो काट्न आग्रह गरिएको छ । काटेको धान खेतमा नछोड्न नार्कको सुझाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण