निर्वाचन आयुक्तहरूको सुनुवाइ साउन १२ र १३ गते हुने
सारांश
- प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाइ साउन १२ र १३ गते हुने भएको छ ।
- संसदीय सुनुवाइ समितिले प्रस्तावित २ आयुक्तहरूको सुनुवाइ साउन १२ गते र प्रस्तावित प्रमुख आयुक्तको सुनुवाइ साउन १३ गते गर्ने निर्णय गरेको छ ।
- संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र निर्वाचन आयुक्तमा डा राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्त गर्न सिफारिस गरेको थियो ।
काठमाडौँ । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाइ साउन १२ र १३ गते हुने भएको छ ।
मंगलबार बिहान सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित २ आयुक्तहरूको सुनुवाइ साउन १२ गते र प्रस्तावित प्रमुख आयुक्तको सुनुवाइ साउन १३ गते गर्ने निर्णय गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
मंगलबारको बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा प्राप्त उजुरीका विषय, प्रस्तावित व्यक्तिहरूले पेस गरेको कार्ययोजना वितरण गरिएको छ ।
गत असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की नियुक्त गर्न सिफारिस गरेको थियो । सोही बैठकले निर्वाचन आयुक्त पदमा डा राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।
समितिको बैठक साउन १२ १३ गते बिहान सवा ११ बजे सिंहदरबारमा बस्ने सभापति श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले—नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण