शैलुङमा स्वास्थ्य शिविर : ५ सय ३० जनाको आँखा परीक्षण
चरिकोट । दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ८ मा रहेको शारदा माविमा आयोजना गरिएको निःशुल्क मोतीबिन्दु शल्यक्रिया शिविरमा ५ सय ३० जनाको आँखा परीक्षण गरिएको छ ।
माट्रिका आँखा केन्द्र पुरानो बानेश्वर काठमाडौँको आयोजना फाइट फर लाइफ नेपाल काठमाडौँ सहआयोजना र शैलुङ गाउँपालिका वडा नम्बर ८ द्वारा आयोजित शिविरमा ५८ जना आँखाका रोगीहरूको अप्रेसन गरिएको माट्रिका आँखा केन्द्रका प्रशासकीय प्रमुख कल्याण ढुङ्गानाले बताए ।
शिविरमा नेत्र रोग विशेषज्ञ डाक्टर दीक्षा मल्लको नेतृत्वमा मोतीबिन्दुको अप्रेसन भएको फाइट फर लाइफ नेपाल काठमाडौँको अध्यक्ष हेमा मानन्धरले बताइन् । मानन्धरका अनुसार शिविरमा ५० जनालाई निःशुल्क चस्मा पनि वितरण गरिएको छ ।
चस्मासँगै ओषधी पनि वितरण गरिएको छ । राप्रपाका केन्द्रीय सहायक कोषाध्यक्ष एवम् समाजसेवी शोभित उप्रेतीले शिविर आयोजनाका लागि पहल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण