उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र हानेको आशङ्का
प्योङयाङ । उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको आशङ्का गरिएको छ । दक्षिण कोरियाको सेनाका अनुसार उत्तरले अन्तरमहादेशीय ब्यालिष्टिक मिसाइल हानेको जस्तो देखिएको छ ।
दुई कोरियाली देशबिच सम्बन्ध बिग्रिएकै समयमा उक्त क्षेप्यास्त्र प्रक्षेपण भएको छ । क्षेप्यास्त्र स्थानीय समयअनुसार बिहीबार बिहान ७ः१० बजे प्रहार भएको भनिएको छ ।
अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचनको समय अघि उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र प्रहार गर्ने तयारी गरिरहेको भनेर दक्षिण कोरियाले बुधबार नै चेतावनी दिएको थियो । उत्तर कोरियाले यस अघि गएको वर्ष डिसेम्बरमा लामो दूरीको क्षेप्यास्त्र हानेको थियो ।
बिहीबारको प्रहारको आफूले निगरानी गरिरहेको र यो स्थानीय समयअनुसार ८ः४० बजे समुद्रमा खसेको हुन सक्ने जापानले पनि बताएको छ । युक्रेनमा रुसी युद्धलाई सघाउन किम जोङ्ग उनले आफ्नो सेना पठाएको भन्दै अमेरिका र दक्षिण कोरियाले आरोप लगाइरहेकै समयमा उत्तर कोरियाले बिहीबार क्षेप्यास्त्र हानेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण