थाई एयर एसियाको प्रतिबन्ध फुकुवा, भैरहवा नगए काठमाडौँको फ्लाइट पनि रोकिने सर्त
काठमाडौँ । अनुमति नै नभई नेपाली आकाशमा प्रवेश गर्ने थाई एयर एसियामाथि लगाइएको प्रतिबन्ध तीन दिनमै फुकुवा भएको छ ।
अनुमति नै नलिई बैंककबाट काठमाडौँ आएको उक्त विमानलाई प्राधिकरणले अनिश्चितकालका लागि रोक लगाएको थियो । तर, एयरवेजले माफी मागेको भन्दै प्राधिकरणले प्रतिबन्ध फुकुवा गरेको हो । योसँगै यसको जीएसटीको रूपमा रहेको युनिभर्सल ट्राभल्सको अनुमति पनि सुचारु भएको छ ।
एयरवेजलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) मा समेत उडान गर्नेगरी अनुमति दिइएको हो । यसअघि भैरहवा जाने प्रतिवद्धता जनाए पनि त्यहाँ उडान गर्न मानिरहेको थिएन । अब भने भैरहवामा समेत उडान गर्न एयरलाइन्स सहमत भएको छ । उक्त एयरलाइन्सले विन्टर सिजन अन्तर्गत उडान सुरु गर्नेछ । आगामी आइतबारदेखि सुरु हुने उडान मार्चसम्म कायम रहनेछ ।
थाईले काठमाडौँमा साताको चार दिन आइतबार, सोमबार, बिहीबार र शुक्रबार गरी चार र भैरहवामा आइतबार र शुक्रबार गरी दुई उडान गर्नेछ ।
'हामीले २/३ वटा उडान पनि रोक्यौँ, यसले गर्दा उसलाई करोडौँको लस पनि भयो । अबदेखि गल्ती दोहोर्उँदैनौं भनेर माफी पनि माग्यो । भैरहवामा उडान गर्न पनि तयार भयो,' नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले भने, 'त्यही आधारमा रोकिएको उडान अनुमति दिएका हौं । भैरहवाको उडान नगरेदेखि काठमाडौँको उडान समेत रोकिनेछ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण