दीपावलीको अवसर पारेर ‘पूर्ण बहादुरको सारङ्गी’ रिलिज
काठमाडौँ । आज बिहीबारबाट फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ सार्वजनिक प्रदर्शनमा आएको छ । नयाँ फिल्म शुक्रबार रिलिजको परम्परा भएपनि दीपावलीको अवसर पारेर यो फिल्म आजैबाट प्रदर्शनमा आएको हो । यद्यपि देशभरका फिल्म हल यो फिल्मले मात्र पाएको छैन । दसैँमा रिलिज भएका दुई फिल्म ‘१२ गाउँ’ र ‘छक्का पन्जा ५’को प्रदर्शन अझै जारी छ ।
धेरै फिल्म भएपनि ‘पूर्ण बहादुरको सारङ्गी’ले शो भने राम्रै पाएको छ । फिल्मले देशभर १ सय २० हाराहारी शो पाएको छ । देशकै ठुलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले काठमाडौँसहित आफ्नो दशवटा आउटलेटमा फिल्मलाई ३८ शो दिएको छ ।
त्यस्तै, दोस्रो ठुलो मल्टीप्लेक्स आईएनआईले फिल्मलाई तीनवटा आउटलेटमा ९ शो दिएको छ भने काठमाडौँका वान सिनेमाजले दुईवटा आउटलेटमा ६ शो, एफक्यूब, बिएसआर मुभिज र बिग मुभिजले समान ३/३ शो, रञ्जना सिनेप्लेक्स र सिडिसी सिनेमाजले समान ५/५ शो र कीर्तिपुर सिनेमाजले २ शो दिएका छन् । तिहारमा पाँच दिन भएकोले फिल्मको व्यवसाय राम्रो हुने अपेक्षा गरिएको छ ।
सरोज पौडेलले निर्माण गरेको ‘पूर्ण बहादुरको सारङ्गी’ गन्धर्व समुदायको कथामा आधारित फिल्म हो । फिल्ममा विजय बराल, अञ्जना बराइली, मुकुन भुषाल, बुद्धि तामाङ, देशभक्त खनाल लगायतको समेत अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण