दीपावलीको अवसर पारेर ‘जय हनुमान’को फष्टलुक सार्वजनिक
मुम्बई । फिल्म ‘कान्तारा’ अभिनेता ऋषभ शेट्टी अभिनित फिल्म ‘जय हनुमान’को फष्टलुक सार्वजनिक गरिएको छ । अभिनेताले दीपावलीको अवसर पारेर फ्यानलाई फिल्मको फष्टलुक उपहार दिएका हुन् ।
फिल्ममा ऋषभ हनुमानको भूमिकामा छन् । सार्वजनिक पोस्टरमा उनले भगवान् श्रीरामको मूर्ति समातेको देख्न सकिन्छ । उनको यो लुक्स फ्यानले विभिन्न सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।
‘जय हनुमान’ निर्माण घोषणा समयदेखिनै चर्चामा रहेको फिल्म हो । फिल्म प्रशान्त वर्मा सिनेम्याटिक युनिभर्सको एउटा महत्त्वपूर्ण प्रोजेक्ट हो । ‘हनुमान’ले बक्स अफिसमा व्यावसायिक सफलता हासिल गरेपछि सिक्वेलको रूपमा फिल्म निर्माण भएको हो ।
‘जय हनुमान’ सबैभन्दा पवित्र र प्रसिद्ध पौराणिक सुपरहिरोको पुनरुत्थानको कथा हो । फिल्ममा उच्च गुणस्तरको भीएफएक्स प्रयोग गरिएको निर्माण युनिटले जनाएको छ । नवीन येरनेनी र वाई रविशंकरले फिल्म निर्माण गरेका हुन् । फिल्म ऋषभ शेट्टीले नै निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण