काठमाडौँ । नेपाल संवत्को स्वागतमा नेवार समुदायले बिहान राजधानीको वसन्तपुरमा सांस्कृतिक पहिरनसहित र्याली निकालेका छन् । नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
_vYj4DDdB6O.jpg)
यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराएकाका थिए। पृथ्वीनारायण शाहको शासनकालसम्म नेपाल संवत्ले राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए ।
_EqfjHZXhUq.jpg)
'लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रूपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”, उनले भने ।
_ayoBdTpXEw.jpg)
विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो । नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य स्थानमा विशेष रूपमा मनाउने गरिन्छ ।
_brEGH1Wcrc.jpg)
_4I0h4qeBCb.jpg)
_O0c00e26tY.jpg)
_f8TDH4c4zT.jpg)
_BS9FLPj3jU.jpg)
_1OwyoSiwOM.jpg)
_hzFD25SEX4.jpg)
_gPbPRkuAds.jpg)
_cXQZt8Q5wu.jpg)
_ao903xtsrr.jpg)
_X4z69D1K1Q.jpg)
_JXmtKFEvsf.jpg)
_SlL5m0LiRd.jpg)
_dwnguS5ZAT.jpg)
_ZFA2fxvg4D.jpg)
_4nrl4hbrsB.jpg)
_GlqqNL00zY.jpg)
_m6u25uYEOm.jpg)
_bnT5MyAOsJ.jpg)
_1skpT8cxnD.jpg)
_wcVOjMUwC6.jpg)
_grl5cyHToP.jpg)
प्रतिक्रिया