नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
सारांश
- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लामो सङ्घर्ष र बलिदानबाट ल्याइएको लोकतन्त्र अपहरित भएको बताएका छन् ।
- उनले चुनावले मात्र लोकतन्त्र नहुने भन्दै चुनावको आयोजना कस्तो अवस्थामा केका लागि गरियो भन्ने महत्त्वपूर्ण हुने बताए ।
- उनले भदौ २३ र २४ गतेका जनधनको क्षति गराउने, मार्ने खालका घटना नेपालको इतिहासमै कल्पना गर्न नसकिने किसिमको भएको बताए ।
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लामो सङ्घर्ष र बलिदानबाट ल्याइएको लोकतन्त्र अपहरित भएको बताएका छन् ।
४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा नेकपा (एमाले) राजधानी प्रदेश कमिटीद्वारा आयोजित ‘संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरणमा संविधान निर्माता प्रमुख दलहरूको भूमिका र दायित्व’ विषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
‘नेपालको बलिदानपूर्ण लामो सङ्घर्षबाट ल्याएको लोकतन्त्र अपहरित भएको छ । आज लोकतन्त्रको पुन: सुदृढीकरण होइन आपस लिनुपर्ने भएको छ’, उनले भने ‘चुनावको आयोजन लोकतन्त्रको अभ्यास त होला तर त्यो चुनावको आयोजन कस्तो अवस्थामा के का लागि गरियो यो महत्त्वपूर्ण छ । चुनावले मात्र लोकतन्त्र हुँदैन ।’
उनले धेरै देशमा चुनाव हुने गरेको तर लोकतन्त्र नहुने गरेको भन्दै हाम्रो देशमा पनि भदौ २३ र २४ को जनधनको क्षति गराउने,मार्ने, मराउने खालका घटना नेपालको इतिहासमै कल्पना गर्न नसकिने किसिमको भएको बताए।
राणाशासन, पञ्चायत वा २०६२÷०६३ सालमा समेत त्यस्तो आतङ्क र भयत्रासको क्रियाकलाप नभएको ओलीको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण