आर्सनललाई न्युक्यासलको झट्का
लण्डन । अलेक्सान्डर इसाकले निर्णायक गोल गर्दा आर्सनल सेन्ट जेम्स पार्कमा न्युक्यासल युनाइटेडसँग पराजित भएको छ । प्रिमयर लिग अन्तरगत शनिबार भएको खेलमा आर्सनल ०–१ गोलले पराजित भएको हो ।
एन्थोनी गोर्डनको पासमा स्विडिस खेलाडीले १२ औँ मिनेटमा गोल गर्दै न्युक्यासललाई अग्रता दिलाएका थिए । सोही गोल खेलमा निर्णायक बन्यो ।
आर्सनलले खेलमा उत्कृष्ट सुरुवात गरेको थियो । तर, इसाकले गोल गरेपछि टोलले खेलमा लय नै पक्रन सकेन । टोलीले फाइनल थर्डमा रचनात्मकता नै प्रदर्शन गर्न सकेन ।
दोस्रो हाफमा न्युक्यासलको सुदृढ डिफेन्सलाई चिर्न मिकेल आर्टेटाले टोलीमा केही परिवर्तन गरेका थिए । तर, उनको टोलीले ९० मिनेटमा विपक्षीको पोस्टमा एक मात्र प्रहार गर्न सकेन ।
जितसँगै न्युक्यासल लिगको आठौँ स्थानमा उक्लिएको छ । आर्सनल भने तेस्रो स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको सिटीले शनिबार बोर्नेमाउथलाई हराए टोली ८ अंकले पछि पर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण