सामान्य विवादमा चक्कु प्रहार हुँदा एक जनाको मृत्यु
शनिबार, १७ कात्तिक २०८१, २२ : १९
दमौली । जिल्लाको व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङमा आज साँझ चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटका ४७ वर्षीय दिलीप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीले चक्कु प्रहारमा सङ्लग्न भक्तपुरका विशाल थापालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास पासवानले जानकारी दिए । व्यास नगरपालिका–१० देखि ७ जोड्ने पराशर मार्गमा काम गर्ने दुई मजदुरबीच सामान्य विवाद हुँदा थापाले चक्कु प्रहार गरेका थिए ।
प्रहरी निरीक्षक पासवानले भने, “सामान्य विवाद हुँदा गालीगलौज भएपछि खाना बनाउने क्रममा तामाङमाथि चक्कु प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।” यहाँ विश्व बैङ्कको सहयोगमा व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नति काम भइरहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण