जुम्लामा कोदोखेती गर्ने किसान घट्दै
जुम्ला । जुम्लामा पछिल्लो समय कोदोखेती गर्नेको सङ्ख्या घट्दोक्रममा छ । यहाँका आठ स्थानीय तहमा अधिकांश किसानले कोदोखेती गर्न करिब छाडिसकेका छन् ।
विगतमा यहाँको तिला गाउँपालिका– १ मा कोदोको राम्रो उत्पादन हुन्थ्यो । यहाँका फाँटहरूमा लहलहाउँदै गरेको कोदो देखिन्थ्यो तर आठ÷दश वर्षयता यस ठाउँमा कोदोको खेती गरेको पाइँदैन । दशक अघिसम्म पाँच क्विन्टलसम्म कोदो उत्पादन हुने बारीमा अहिले एक क्विन्टल पनि उब्जनी नहुने गरेको तिला– १ का स्थानीय नर रावतले जानकारी दिए ।
तातोपानी गाउँपालिका– ४ का स्थानीय प्रेमराज पाण्डेले किसानले कोदोबाली लगाउनै छाडेको बताए । दैनिक उपभोग्य सामानहरू घरदैलोमा पुग्न थालेपछि यसको खेती गर्नेको सङ्ख्या घटेको उनको भनाइ छ । कोदोबाली अत्यन्त पोषिलो मानिन्छ । विगतमा यसको रोटी खाने गरिन्थ्यो । पछिल्लो समय उत्पादन घटेपछि भएको उब्जनीले गाउँघरमा मदिरा बनाउन प्रयोग किसानले जनाएका छन् ।
यहाँका स्थानीय तहले खाजानास्तामा स्थानीय उत्पादन वा रैथाने बालीहरूको प्रयोगमा जोड नदिएका होइनन् तर कोदोको उत्पादन कम हुने भएकाले बजारमा यसको पिठो मागअनुसार उपलब्ध गराउन नसकिएको खलङ्गा बजारमा रहेको रारालिही अर्गानिक पसलका सञ्चालक अर्जुन बुढाले जानकारी दिए ।
हाल यहाँ कोदोको पिठो प्रतिकिलोग्राम रु एक सय ५० मा किनबेच भइरहेको छ । कोदोको दाना प्रतिकिलो रु एक सय २० मा बिक्छ ।
कोदोमा क्याल्सियम,म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बीलगायत पोषक तत्वहरू पाइने गरेकाले पछिल्लो समय माग भने बढ्दो छ । तौल घटाउन, मुटुसम्बन्धी रोग नियन्त्रण, पेट स्वस्थ राख्न पनि कोदोका परिकार उपयुक्त हुने जानकारहरू बताउँछन् ।
जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कअनुसार हाल यहाँ तीन हजार सात हेक्टरमा कोदोखेती हुने गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निःशुल्क स्वास्थ्य शिविरमा ३३४ महिलाले लिए सेवा
-
पर्सामा १०९ किलो गाँजासहित दुई जना पक्राउ
-
सात प्रदेशको कस्तो आयो कृषि बजेट ?
-
नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतम डिल्लीबजार कारागार चलान
-
सात प्रदेशका ऊर्जा रणनीतिः उज्यालो अभियानदेखि नीतिगत सहुलियतसम्म
-
चुरेदेखि हिमालसम्म वन जोगाउने सातै प्रदेशका योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण