भक्तपुरमा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
सोमबार, १९ कात्तिक २०८१, ०६ : ३२
भक्तपुर । मध्यपुरथिमी नगरपालिका–४ चारदोबाटोमा आइतबार मोटरसाइकल र बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको भएको छ ।
भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ख २९९६ नं को मयुर यातायातको बस र सोही दिशातर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२–०२८प ०५३९ नं को मोटरसाइकल एकापसमा ठक्कर खाँदा मोटरसाइकलको पछाडि सवार चाँगुनारायण—७ बागेश्वरी बस्ने ४५ वर्षीय अप्सरा फुयाँलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते उनको भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले बस र मोटरसाइकलसहित दुवै चालकलाई नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालकै सबैभन्दा ठुलो च्यारिटी साइकलिङ अभियान, तस्बिरमा हेर्नुहोस्
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण