मोटोपनाले बढाउन सक्छ प्याङ्क्रियाटिक क्यान्सरको खतरा
काठमाडौँ । मोटोपनाले प्याङ्क्रियाटिक क्यान्सरको जोखिम बढाउन सक्ने अध्ययनले देखाएको छ । ५० वर्ष भन्दा कम उमेरका मानिसहरूमा मोटोपनका कारण प्याङ्क्रियाटिक क्यान्सरको जोखिम २० प्रतिशतले बढ्न सक्ने एक अनुसन्धानले देखाएको छ ।
प्याङ्क्रियाटिक रोगले वृद्धहरूलाई मात्र असर गर्छ र यो जोखिम कम गर्न उनीहरूले केही गर्न सक्दैन भन्ने अधिकांश मानिसहरू सोच्ने ओहायो स्टेट युनिभर्सिटीको वेक्सनर मेडिकल सेन्टरका अन्वेषकहरूले गरेको अध्ययनले देखाएको छ ।
तर प्याङ्क्रियाटिक क्यान्सरको दर बर्सेनि एक प्रतिशतका दरले बढिरहेको छ र ४० वर्षभन्दा कम उमेरका मानिसहरूमा यो रोग नियमित रूपमा देखिरहेको विश्वविद्यालयकी जोबेदा क्रूज–मोनसेरेटले भनिन् । यो चिन्ताकारी प्रवृत्ति भएको र यस्तो किन भइरहेको छ भनेर पत्ता लगाउन यसबारे अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ ।
अध्ययनले के पत्ता लगाएको थियो ?
अध्ययनको लागि, टोलीले अक्टोबर ४ देखि अक्टोबर ७ सम्म अमेरिकामा १ हजार ४ जना उत्तरदाताहरूको नमुना सर्वेक्षण गरेको थियो । सहभागीहरूलाई प्याङ्क्रियाटिक क्यान्सरको जोखिम कारकहरूबारे सोधिएको थियो । ५० वर्ष मुनिका ५३ प्रतिशत वयस्कहरूले रोगको प्रारम्भिक सङ्केत वा लक्षणहरू पहिचान गर्न नसक्ने बताए । ३७ प्रतिशत भन्दा बढीले प्याङ्क्रियाटिक क्यान्सरको जोखिम बदल्न आफूले केही गर्न सक्दिन भन्ने मानेका थिए ।
मोटोपनाले प्याङ्क्रियाटिक क्यान्सरको जोखिम २० प्रतिशतले बढाउँछ
३३ प्रतिशत मानिसहरूले भने बढी उमेरका मानिस मात्रै यसको जोखिममा छन् भन्ने धारणा राखेका थिए प्याङ्क्रियाटिक क्यान्सरको जोखिम कम गर्ने सुरुआत स्वस्थ तौल कायम राखेर गर्न सकिने क्रुज–मोनसेरेटले बताए । मोटोपनाकै कारण व्यक्तिको प्याङ्क्रियाटिक क्यान्सरको जोखिम २० प्रतिशतले बढ्ने पाइएको छ । केवल १० प्रतिशत प्याङ्क्रियाटिक क्यान्सरहरू मात्रै आनुवंशिक जोखिम (परिवारका सदस्यहरूमा सर्ने)सँग सम्बन्धित रहेको अमेरिकन क्यान्सर सोसाइटी (एसीए)को अनुमान छ । हामी आफ्नो जिन बदल्न सक्दैनौँ । तर जीवनशैली भने परिवर्तन गर्न सक्छौँ । मोटोपना कम गरेर प्याङ्क्रियाटिक क्यान्सरको जोखिम कम गर्न सक्छौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
-
मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण