कर्णाली प्रदेश : दसैँ–तिहारमा १०२ वटा सवारी दुर्घटना, १९ जनाको मृत्यु
सुर्खेत । दसैँ–तिहारमा कर्णाली प्रदेशमा १०२ वटा सवारी साधनहरू दुर्घटना भएका छन् । असोज १७ गतेदेखि कार्तिक १९ गतेसम्म ३३ दिनमा ती दुर्घटनाहरू भएका हुन् ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीका अनुसार ती दुर्घटनामा परी १९ जनाको मृत्यु भएको छ भने १८४ जना घाइते भएका छन् । दसैँको अवधिमा मात्रै ४९ वटा सवारी दुर्घटना भएका थिए भने ६ जनाको मृत्यु भएको थियो । यस्तै ८६ जना घाइते भएका थिए । तिहारमा त्यो भन्दा बढी दुर्घटना भएको उनले डाँगीले रातोपाटीलाई बताए ।
जिल्लागत रूपमा सबैभन्दा बढी सुर्खेतमा दुर्घटनाहरू बढेको उनले बताए । त्यसपछि दैलेख, सल्यान र जाजरकोटका दुर्घटना बढी भएका छन् । दुर्घटना भएका सवारीमध्ये ७२ वटा मोटरसाइकल, सानो जिप २३, माइक्रोबस १२ वटा रहेका छन् ।
चाडपर्वको अवधिमा सवारी साधनको चाप बढी हुने, तीव्र गतिमा सवारी चलाउने, यात्रु क्षमता दोब्बर हुने लगायतका कारण दुर्घटनाहरू बढ्ने गरेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बिमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो
-
निःशुल्क स्वास्थ्य शिविरमा ३३४ महिलाले लिए सेवा
-
पर्सामा १०९ किलो गाँजासहित दुई जना पक्राउ
-
सात प्रदेशको कस्तो आयो कृषि बजेट ?
-
नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतम डिल्लीबजार कारागार चलान
-
सात प्रदेशका ऊर्जा रणनीतिः उज्यालो अभियानदेखि नीतिगत सहुलियतसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण