पाकिस्तानको कराचीमा सुरक्षा गार्डले गोली चलाउँदा दुई चिनियाँ नागरिक घाइते
कराची । पाकिस्तानको कराची सहरमा सुरक्षा गार्डको गोली लागेर दुई चिनियाँ नागरिक घाइते भएका छन् । बीबीसी उर्दूका अनुसार डीआईजी असद रजाले दुई चिनियाँ नागरिक घाइते भएको पुष्टि गरेका छन् तर उनले यसबारे थप विवरण भने दिएका छैनन् ।
यस विषयमा सिन्धका आन्तरिक मन्त्री जिया–उल–हसनको कार्यालयबाट जारी गरिएको प्रेस विज्ञप्तिमा सुरक्षा गार्ड र विदेशी प्रतिनिधिहरूबिचको झगडाको घटना भनेर वर्णन गरिएको छ । कराची प्रहरीलाई घटनामा संलग्न सुरक्षा गार्डलाई पक्राउ गर्न निर्देशन दिइएको छ ।
सिन्धका आन्तरिक मन्त्रीले चिनियाँ विज्ञ र चिनियाँ नागरिक लगायत विदेशीहरूलाई सुरक्षा प्रदान गर्ने कम्पनीहरूको लेखापरीक्षण गर्न आदेश जारी गरेका छन् । सुरक्षा जस्ता महत्त्वपूर्ण काम गर्न सुरक्षाकर्मीको शारीरिक र मानसिक तन्दुरुस्तीको परीक्षण गरिनुपर्ने उनको भनाइ छ । ‘प्रशिक्षित र पूर्णरूपमा तन्दुरुस्त व्यक्तिलाई मात्रै सुरक्षा गार्डका रूपमा नियुक्त गरिनु पर्ने विज्ञप्तिमा भनिएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार दुई चिनियाँ नागरिकलाई घाइते अवस्थामा अस्पताल लगिएको छ, जसमध्ये एकको अवस्था गम्भीर छ । घटनाको पछाडि के कारण थियो र कराचीमा घाइते चिनियाँ नागरिकहरू घटनास्थलमा के कारणले उपस्थित थिए भन्ने कुरा अहिले आधिकारिक तवरबाट स्पष्ट भएको छैन । चीन–पाकिस्तान आर्थिक करिडोरसँग सम्बन्धित परियोजनाहरूमा काम गर्न ठुलो संख्यामा चिनियाँ प्रवासीहरू पाकिस्तान आएका छन् । पछिल्ला केही वर्षहरूमा पाकिस्तानमा चिनियाँ नागरिकहरूमाथि आक्रमणका घटना बढेका छन् । गत महिना कराचीको जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको बम विस्फोटमा दुई चिनियाँ इन्जिनियरको मृत्यु भएको थियो, जसको जिम्मेवारी बलुचिस्तानी पृथकतावादी समूहले लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
-
नयाँ राजदूत नियुक्त गर्न नसकेको सरकार पुरानाको म्याद थपेर काम चलाउँदै
-
अभिमुखीकरणका लागि बाहिर नजाने विधायन व्यवस्थापन समितिको निर्णय, सिंहदरबारभित्रै कार्यक्रम हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण