उमागौरी कृषि सहकारीमा छापा, ताला फुटाएर कागजात लगेको अध्यक्ष रौनियारको आरोप
विराटनगर । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला सञ्चालक समिति सदस्य रहेको सहकारीको कार्यालयमा प्रहरीले छापा मारेको छ ।
मोरङ धनपालनाथ गाउँपालिका–४ कर्सियामा रहेको उमागौरी कृषि सहकारी संस्था लिमिटेडको कार्यालयमा प्रहरीले छापा मारेर कागजात नियन्त्रणमा लिएको हो । तिहारको समय पारेर कार्तिक १४ गते प्रहरीले कागजात जफत गरेको हो ।
उक्त सहकारीको रकम हिनामिनामा अञ्जलाको नामसमेत जोडिएको छ । यसअघि नै कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले उमागौरी कृषि सहकारीको विषयमा इलाका प्रहरी कार्यालय रंगेलीलाई पत्राचार गरी अनुसन्धान गर्न आग्रह गरेको थियो ।

‘हाम्रो आग्रह अनुसार प्रहरीले वडाध्यक्ष र सहकारी रजिष्ट्रार कार्यालयका प्रतिनिधिसहितको रोहबरमा सहकारीको कागजात हेरिएको हो,’ रजिष्ट्रार कार्यालयका निमित्त प्रमुख हरिबहादुर खत्रीले भने ।
बन्द रहेको बेला ताला पुटाएर कागजात नियन्त्रणमा लिएको घटनाको विषयमा सहकारी संस्थाले भने विरोध जनाएको छ । संस्थाको ताला तोडेर कागजात कब्जा गरेको अध्यक्ष शम्भुप्रसाद रौनियारको आरोप छ ।
उमागौरी कृषि सहकारी २०६८ सालमा स्थापना भएको हो । कोइराला दुई कार्यकाल सो सहकारीमा सदस्य रहेकी थिइन् । कोइरालाले २०७८ माघ ५ गतेदेखि सहकारीबाट राजीनामा दिएको बताएकी छन् ।
सहकारीमा १२ करोड रुपैयाँ हिनामिना भएको जनाइएको छ । सहकारीको नाममा विभिन्न बैंकबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण देखिएको छ भने सो सहकारीले फिर्ता गर्नुपर्ने बचत २ करोड ३ लाख ५४ हजार १५६ रुपैयाँ छ । बचतकर्ताले बचत फिर्ता मागेपछि अहिले सहकारीको कार्यालय नै बन्द छ ।

१८ करोड ४९ लाख कुल पुँजी रहेको वासलातमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ । सो सहकारीका सञ्चालक समिति अध्यक्षसहित सदस्यहरूलाई पनि रुपन्देहीको बुटवलस्थित आरएसडीसी लघुवित्तले कालो सूचीमा राखेको छ । अञ्जला कोइरालाले भने आफू कालोसूचीमा परेको विषयमा सफाइ माग गर्दै उच्च अदालत विराटनगरमा रिट दायर गरेकी छन् । उक्त मुद्दा विचाराधीन छ ।
आरएसडीसीले उमा गौरी कृषि सहकारीमाथि २०८१ असोज १० गतेसम्ममा सावाँ तथा ब्याज र हर्जाना बापत ३ करोड ४३ लाख ७२ हजार ८८३ रुपैयाँ ५४ पैसा भुक्तानी दायित्व रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको हवाई उद्योगको क्षेत्रमा सरकार आफैँले केही गरिहाल्न सक्ने अवस्था छैन : पर्यटनमन्त्री
-
ब्राजिलविरुद्ध जापान : गुरुविरुद्ध चेलाको भिडन्त
-
वित्तीय अनुशासन बलियो बनाउन सबै पक्ष गम्भीर बन्नुपर्छ : सभापति खड्का
-
कीर्तिपुरको होल्डिङ सेन्टरमा बस्ने एक जना सुकुमबासी पक्राउ
-
मन्दिर निर्माणमा भ्रष्टाचार : ९ जनाविरूद्ध मुद्दा दायर
-
एक्लो व्यक्तिले साइबर ब्युरो अगाडि किन गरे प्रदर्शन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण