सडकमा निर्माण सामग्री राख्नेलाई काठमाडौँ महानगरले गर्यो १ लाख रुपैयाँ जरिवाना
बुधबार, २१ कात्तिक २०८१, १७ : ०३
काठमाडौँ । काठमाडौँ महानगरपालिले सडकमा निर्माण सामग्री राख्ने डुकुचु निर्माण सेवा प्रालिलाई १ लाख रुपैयाँ जरिवाना गरेको छ । बुधबार महानगरको वडा नम्बर ३२ अन्तर्गत वाग्मती करिडोरमा पेटी निर्माणको क्रममा निर्माण सामग्री सडकमा राखिएको पाइएपछि सो कारबाही गरिएको हो ।
सार्वजनिक सडकमा निर्माण सामग्री राखेर आवागमनमा अवरोध पुर्याउने कामका लागि महानगर प्रहरी बलले डुकुचु निर्माण सेवा प्रालिलाई १ लाख रुपैयाँ जरिवाना गरेको हो । नगरपालिकाले सार्वजनिक स्थल र सडकमा निर्माण सामग्री राखेर अवरोध पुर्याउने तथा यातायातमा समस्या निम्त्याउने गतिविधिहरूलाई रोक्न कडा कदम चाल्ने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण