भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
बुधबार, २१ कात्तिक २०८१, २० : ०६
काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ स्थित कटुन्जेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । सूर्यविनायकबाट सल्लाघारीतर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०२१ प ८१२७ नम्बरको पल्सर मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी विमला प्रधानाङ्गको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले रातोपाटीलाई बताए ।
६९ वर्षीया प्रधानाङ्गको उपचारको क्रममा बुधवार मध्यपुर थिमी अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल चालक रामेछापको सुनापति गाउँपालिका–५ घर भएका दीपक मानन्धरलाई प्रहरीले पक्राउ गरेको छ । दुर्घटनाबारे प्रहरी वृत्त जगातीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
-
उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
-
ठगीको आरोपमा एकैपरिवारका तीन जना पक्राउ
-
पछिल्लो २४ घण्टामा ५२१ सवारी चालक कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण