सुर्खेतमा पिकनिक खान गएकाहरु सवार गाडी दुर्घटना, २६ जना घाइते
बुधबार, २१ कात्तिक २०८१, २० : १७
सुर्खेत । सुर्खेतमा पिकनिक खान गएकाहरु सवार गाडी दुर्घटनामा परेको छ । बुधबार जिल्लाको रामघाटबाट पिकनिक (वनभोज) खान वीरेन्द्रनगरको कटकुवा गएर फर्किँदै गरेको गाडी दुर्घटनामा परेको हो ।
सुर्खेत प्रहरीका अनुसार कर्णाली प्रदेश ०२००१ ख १८८ नम्बरको फोर्स गाडी कपासे नजिकै रहेको नेपाली सेनाको गेट अगाडिको मोडबाट खानेपानी ट्यांकीतर्फ खसेको छ । गाडीमा २६ जना सवार रहेको र ती सबै घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्रविर विश्वकर्माले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । यस्तै केही मध्यम खालको छन् भने केही सामान्य घाइते रहेका छन् ।
सबैलाई उपचारका लागि प्रदेश अस्पतालमा पठाइएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो
-
निःशुल्क स्वास्थ्य शिविरमा ३३४ महिलाले लिए सेवा
-
पर्सामा १०९ किलो गाँजासहित दुई जना पक्राउ
-
सात प्रदेशको कस्तो आयो कृषि बजेट ?
-
नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतम डिल्लीबजार कारागार चलान
-
सात प्रदेशका ऊर्जा रणनीतिः उज्यालो अभियानदेखि नीतिगत सहुलियतसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण