स्नो लियोपार्ट अन्तर्राष्ट्रिय वाइल्डलाइफ कन्जरभेसन फिल्म फेस्टिभलमा पुरस्कृत
काठमाडौँ । पत्रकार प्रदीप पोखरेलद्वारा निर्देशित डकुमेन्ट्री फिल्म स्नो लियोपार्टले मेक्सिकोमा सम्पन्न भएको वाइल्डलाइफ कन्जरभेसन फिल्म फेस्टिभलमा अनरेवल मेनसन अवार्ड जितेको छ ।
अक्टोवर २४ देखि २७ सम्म भएको फेस्टिभलमा बेलायत, अमेरिका, क्यानडा, अस्ट्रिया, फ्रान्स, रुस, मेक्सिको, नेदरल्याण्ड, अस्टे«लिया, नर्वे, स्पेन, जर्मनी, भारत, पाकिस्तान, थाइल्याण्ड लगायत दर्जनौँ देशका सयौँ फिल्मले प्रतिस्पर्धा गरेका थिए । सबै फिल्म तथा डकुमेन्ट्रीहरु वन्यजन्तु संरक्षण सम्बन्धी कथामा आधारित थिए ।
प्रदीपको डकुमेन्ट्रीमा नेपाली संरक्षणकर्मी डा सोम आलेले नेपालको हिउँचितुवाको संरक्षण कार्यमा गरेको संघर्ष देखाइएको छ । सन् १९९३ मा आले संरक्षणकर्मीका रूपमा मनाङ पुगेर हिउँचितुवा संरक्षण सम्बन्धी अभियान चलाएपछि परिणाम प्राप्त हुन थालेको बताइन्छ ।
प्रदीपका अनुसार यस कार्यले सार्थकता पाउन थालेपछि हिउँचितुवा संरक्षण कार्यले सार्थकता पाएको हो । यही कुरा नै यस डकुमेन्ट्रीमा कलात्मक पाराले देखाइएको छ । डकुमेन्ट्रीको सम्पादन ईश्वर कोइरालाले गरेका हुन् भने संगीत संयोजन शलिल सुवेदीले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण