पोखरामा पनि छठ पर्व मनाइँदै
कास्की । नेपालको तराई मधेसमा धुमधामका साथ मनाइने छठ पर्वको रौनक पहाडी जिल्ला कास्कीको पोखरामा समेत सुरु भएको छ ।
विगतका वर्षमा जस्तै यस वर्ष पनि पोखरामा छठ हर्षोल्लासका साथ मनाउन लागिएको छ ।
रोजगारी तथा व्यापार व्यवसायका लागि स्थायी तथा अस्थायी रुपमा पोखरामा बसोबास गर्ने तराई मधेसका नागरिकहरुले छठ पर्वलाई भव्यताका साथ मनाउनका लागि पोखराका विभिन्न चार स्थानमा छठ पूजाको तयारी गरेका हुन् ।
पोखरा नदीपुरस्थित नारायणथान मन्दिर परिसर, फेवाताल किनारस्थित केदारेश्वर महादेवमणि मन्दिर परिसर, सेतीनदी र कालीखोलाको त्रिवेणी धाम र कमल पोखरीमा छठ पूजाको व्यवस्था गरिएको छ ।
पोखरामा नेपालको तराईका जिल्लाका साथै भारतबाट व्यापार तथा रोजगारीका लागि बसोबास गर्दै आइरहेकालाई यही नै धुमधामका साथ छठ पर्व मनाउने वातावरण मिलाइएको नारायणथान मन्दिरस्थित छठ पूजा समितिका अध्यक्ष विनोद गुप्ताले बताए ।
पोखरामा पाँच हजार जनाले छठ पूजा गर्ने अनुमान गरिएको छ । पर्व धुमधामका साथ मनाउनका लागि छठ पर्व स्थल(घाट)लाई विभिन्न ध्वजापताकाबाट सिँगारिएको छ । छठपूजा स्थलमा केही दिनअघिदेखि नै सरसफाइ गरेर चिटिक्क पारिएको छ । श्रद्धालु भक्तजनहरुले आफूलाई पायक पर्ने ठाउँमा गएर पूजाआजा गर्नेछन् । भारतीय पर्यटकहरुले समेत यहाँ छठको पूजा गर्ने बताइन्छ ।
छठ पर्व चार दिनसम्म मनाइन्छ । मङ्गलबारदेखि सुरु भएको पर्वमा बिहीबार तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य अपर्ण र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य चढाएपछि यो पर्व विधिवत् रुपमा सम्पन्न हुने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
-
उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
-
ठगीको आरोपमा एकैपरिवारका तीन जना पक्राउ
-
पछिल्लो २४ घण्टामा ५२१ सवारी चालक कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण