मोरङमा जुवातास खेलिरहेका २० जना पक्राउ

मोरङ । मोरङबाट जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका-६ भट्टिमोड बस्ने बिशाल देवान राईको घरमा जुवातास खेलिरहेको अवस्थामा विराटनगर महानगरपालिका-२ बस्ने ३६ वर्षीय बिमल मण्डल समेत १२ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार ७ सय १० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, कटहरी गाउँपालिका-२ स्थित प्रभु कुमार साहको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-२ बस्ने ३२ वर्षीय सरोज ठाकुर समेत ८ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १९ हजार ५ सय नेपाली रुपैयाँ, ४ हजार ६ सय भारतीय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानी सेनाद्वारा आफ्नो एउटा विमानमा 'सामान्य क्षति' भएको स्वीकार
-
सेयर बजारले खोजेको गभर्नर कस्तो ?
-
स्वयम्भूनाथमा बौद्धमार्गीको घुइँचो, तस्बिरहरू
-
गेटा अस्पतालले माग्यो जनशक्ति
-
लुम्बिनी सम्पूर्ण नेपालीको गौरवको केन्द्र : मुख्यमन्त्री आचार्य
-
बुद्धले ‘मैले भनेको भन्दैमा विश्वास नगर’ भनेर कहाँ र कुन परिवेशमा भनेका थिए ?