मोरङमा जुवातास खेलिरहेका २० जना पक्राउ
मोरङ । मोरङबाट जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका-६ भट्टिमोड बस्ने बिशाल देवान राईको घरमा जुवातास खेलिरहेको अवस्थामा विराटनगर महानगरपालिका-२ बस्ने ३६ वर्षीय बिमल मण्डल समेत १२ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार ७ सय १० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, कटहरी गाउँपालिका-२ स्थित प्रभु कुमार साहको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-२ बस्ने ३२ वर्षीय सरोज ठाकुर समेत ८ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १९ हजार ५ सय नेपाली रुपैयाँ, ४ हजार ६ सय भारतीय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण