कैलाली र कञ्चनपुरमा पनि छठको रौनक, अस्ताउँदो सूर्यलाई दिइयो अर्घ
धनगढी । पछिल्लो केही वर्षयता धनगढी उपमहानगरपालिकासहित कैलाली र कञ्चनपुर जिल्लामा पनि छठ पर्व हर्षोल्लास पूर्वक मनाउन थालिएको छ ।
धनगढीस्थित मोहनाघाट विधिपूर्वक सूर्य देवताको पूजा गरी छठ पर्व मनाइँदै आइएको छ । जसले छठको रौनकता बढाएको छ ।
छठ पर्वको मुख्य दिन बिहीबार साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ दिएका छन् । मोहनाघाटमा पुगेका व्रतालुले छठको पूजा गरी सूर्यको उपासना गरेका छन् । सूर्यास्तअघि नै व्रतालुहरू धनगढीको मोहनाघाटमा पुगेर आ–आफ्नो छठघाट सजाइसकेका थिए । त्यसपछि अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुहरू आज जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिने प्रचलन रहिआएको छ ।
धनगढीमा बसोबास गर्दै आएका तराइवासीले यहीँका छठघाटमा पूजा आराधना गर्दै आएका हुन् ।
यसैबिच कञ्चनपुरको बेलौरीमा पनि छठ पर्व मनाइएको छ । बेलौरीस्थित स्याली नदीको तटमा रहेको छठघाटमा पूजाआजा गर्दै अस्ताउँदो सूर्यलाई अर्घ दिइएको स्थानीय व्रिजेश गुप्ताले जानकारी दिए । साथै कञ्चनपुरको महेन्द्रनगरस्थित ऐठपुरमा पनि छठ पर्व मनाइएको छ ।
छठमा व्रतालुले परिवारका सदस्यको दीर्घायु जीवन, सुख, शान्ति र समृद्धि, रोगव्याधिबाट बच्न, सन्तान प्राप्तिलगायत कामना गरी मनाउने प्रचलन रहिआएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण