पर्यटकीय गन्तव्यस्थल बन्दै गुल्मीको रेसुङ्गा
गुल्मी । गुल्मीको क्षेत्र रेसुङ्गा क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तव्यस्थल बन्दै गएको छ । रेसुङ्गा क्षेत्रमा आकर्षक मठ मन्दिर, सुविधा सम्पन्न होटल, पार्क, वनभोजस्थल, पक्की सडक र त्यहाँको प्राकृतिक सौन्र्दताका कारण पर्यटकको आकर्षण बढ्दै गएको हो ।
जिल्लामा आउने जोकोही पनि एक पटक रेसुङ्गामा नपुगी फर्कदैनन् । धार्मिक एवं पर्यटकीय दृष्टिकोणले पनि रेसुङ्गा आफैमा एउटा अद्भूत ऐतिहासिक एवं प्राकतिक क्षेत्र पनि हो । केही समय अघिसम्म सडक र यातायातको सहज पहुँच नहुँदा यस क्षेत्र प्रचारप्रसारको अभावमा ओझेलमा परेको थियो ।
यस क्षेत्रमा पछिल्लो समय चारैतिरबाट सडककको सहज पहुँच पुगेको छ । जङ्गलकोमध्य भागहुँदै कालोपत्र सडकबाट यात्रा गर्दा यहाँ घुम्न आउनेहरु निकै रमाइलो आनन्द मान्ने गर्दछन् । पछिल्लो समयमा यहाँ आन्तरिक पर्यटनसँगै बाह्य पर्यटकको पनि मुख्य रोजाइको क्षेत्र बनेको छ । फ्रान्स, जर्मन, जापान, कोरिया, अमेरिका, बेलायत जस्ता देशबाट यहाँ घुम्नका लागि आउने गरेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष शुरेसचन्द्र भुसालले बताए । रेसुङ्गा क्षेत्रको यज्ञशाला नजिकै रहेको ‘भ्यूटावर’बाट माछापुच्छ्रे, धौलागिरि जस्ता सुन्दर हिमालको दृश्यले पर्यटकको मन लोभ्याइ दिन्छ ।
गत वर्षदेखि गुल्मीको सदरमुकाम तम्घास नजिकै सिमिचौरबाट हवाई सेवा सञ्चालनमा आएपछि जिल्लामा पर्यटन प्रवद्र्धनका लागि थप टेवा पुगेको रेसुङ्गा नगरपालिकाकी उपप्रमुख अमृतादेवी कुँवरले बताइन् । गुल्मीमा आउने पर्यटकलाई नगरपालिकाले स्वागत गर्ने र उनीहरुलाई यस क्षेत्रमा रहेका पर्यटकीयस्थल घुम्नका लागि प्रेरित गर्ने कामको थालनी गरेको छ । नगरपालिकाले गत वर्षदेखि सञ्चालन गरेको ‘जाउँ हिँड रेसुङ्गा’ अभियानले पनि जिल्लाको पर्यटन प्रवद्र्धनमा थप मद्दत पुगेको उपप्रमुख कुँवरले बताइन् ।
हालै नेपाल भ्रमणको क्रममा नेपाल एरलायन्सको टुइनेटर जहाजमार्फत गुल्मीको रेसुङ्गा विमानस्थल आइपुगेका फ्रान्सेली पर्यटकले यहाँको प्राकृतिक सौन्दर्यता देखेर आफुरुलाई भिन्नै रमाइलो अनुभव भएको सुनाए । उनीहरुलाई नगरपालिकाले रेसुङ्गा क्षेत्रको भ्रमण गराएको थियो ।
जिल्लामा आउने पर्यटक रेसुङ्गा क्षेत्रसँगै, विचित्र गुफा, कालीगण्डकीलगायत ठाउँको भ्रमण गरि फर्कने गर्दछन । जिल्लामा आउने बाह्य पर्यटकलाई रेसुङ्गा नगरपालिकाले विमानस्थलमै पुगेर स्वागत गर्ने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
उरुग्वेको सनसनीपूर्ण पुनरागमन: केप भर्डेविरुद्ध पहिलो हाफमा २–१ को अग्रता
-
विश्वकपमा केप भर्डेको ऐतिहासिक पहिलो गोल
-
केप भर्डेका डिफेन्डर सिड्नी लोपेज काब्रालले अर्को खेल गुमाउने
-
स्पेनलाई रोकेर विश्वलाई चकित पारेको केप भर्डे आज उरुग्वेसँग भिड्दै
-
यान्त्रिक हलो अभावले किसानलाई धान रोप्न समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण