गाजा युद्धमा मारिएकामध्ये ७० प्रतिशत महिला र बालबालिका
काठमाडौँ । इजरायली आक्रमणमा परी गाजामा ज्यान गुमाउनेहरूमध्ये ७० प्रतिशत महिला र बालबालिका रहेको एक अध्ययनले देखाएको छ ।
संयुक्त राष्ट्रसंघले गतवर्ष हमासको आक्रमणपछि इजरायलले गरेको निरन्तरको आक्रमणका कारण पहिलो छ महिनामा मारिएकामध्ये महिला र बालबालिकाको संख्यामात्रै करिब ७० प्रतिशत छ । राष्ट्र संघका मानव अधिकार प्रमुख भोल्कर टुर्कले इजरायलले गरेको यस्तो कार्यमा निन्दा गरेका छन् ।
गाजामा इजरायलको युद्धको पहिलो छ महिनामा ३४ हजार ५०० भन्दा बढी प्यालेस्टाइनी नागरिक मारिएका थिए ।
उनीहरूलाई आधार बनाएर गरिएको अध्ययनले यस्तो तथ्य देखाएको हो । उक्त अध्ययनको निष्कर्षमा भनिएको छ, 'इजरायलले महिला र बालबालिकामाथि निरन्तर आक्रमण गरिरहेको छ । तर त्यो मानवताविरुद्धको अपराध हुन सक्छ ।'
अध्ययनका अनुसार बालबालिकाको संख्या मात्रै ४४ प्रतिशत छ ।
हमास-इजरायल द्धन्द्धका कारण अहिलेसम्म इजरायली आक्रमणमा परी ४३ हजार ४६९ प्यालेस्टाइनीहरू मारिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण