गौतम बुद्ध विमानस्थलमा एकै दिन तीन उडान अन्तर्राष्ट्रिय उडान
बुटवल । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन तीन वटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान हुने भएका छन् । निर्माण सम्पन्न भएको लामो समयपछि यो विमानस्थलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), जजिरा एयर र फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडान भर्न लागेका हुन् ।
जजिरा एयरवेजले बिहान साढे सात बजे भैरहवा ल्यान्डिङ गरेर ८ बजे फर्किएको थियो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोद रावतले आउँदा १७१ जना ल्याएको जजिराले जाँदा १६८ जना यात्रु लगेको रातोपाटीलाई बताए ।
उनका अनुसार फ्लाई दुबई दिउँसो १ बजेर ४५ मिनेटमा आउनेछ भने २ बजेर ४५ मिनेटमा भैरहवा, काठमाडौँ हुँदै दुबई उडान भर्नेछ । नेपाल एयरलाइन्सले राति १० बजेर २० मिनेटमा काठमाडौँबाट भैरहवा आएर ११ बजेर २५ मिनेटमा दुबई उडान भर्ने तय गरिएको छ ।
नेपाल एयरलाइन्स र जजिरा एयरले पुनः उडान गर्न लागेका हुन् भने फ्लाई दुबईले पहिलो पटक गौतम बुद्ध विमानस्थलमा उडान सञ्चालन गर्न लागेको हो । योसँगै गौतम बुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने हवाई सेवा कम्पनीको सङ्ख्या चार पुगेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण