‘भारतले बोलाएन भन्दैमा सरकार ढल्दैन’
काठमाडौँ । नेकपा (एमाले) का नेता आनन्द पोखरेलले प्रधानमन्त्रीलाई भारतले भ्रमणमा नबोलाएको विषयमा सरकार नै टिक्दैन भन्ने चर्चा गलत भएको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित साक्षात्कारमा पोखरेलले प्रधानमन्त्री केपी ओलीलाई भारतले भ्रमणमा नबोलाएका कारण सरकार टिक्दैन भन्ने चर्चा पानीका फोका जस्तै भएको बताएका हुन् ।
प्रधानमन्त्री ओलीलाई भारतले भ्रमणमा नबोलाउनुलाई नेपाल बल्ल सार्वभौमसत्ता सम्पन्न भएछ’ भनेर बुझ्नुपर्ने उनले बताए । पोखरेलले सरकारले आफ्नो अवधि पूरा गर्ने भन्दै तत्काल सरकार तलमाथि नहुने दाबी गरे ।
त्यस्तै उनले प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा नेपाल सरकारले व्यापक तयारी गरेर भ्रमणबाट अधिकतम लाभ लिन सक्नुपर्ने जिकिर गरे । चीनसँगको परम्परागत कूटनीतिक सम्बन्धलाई पुनरवलोकन गर्नुपर्ने, चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउँदा भएका सम्झौता र सहमतिलाई कार्यान्वयन गर्ने एजेन्डा सरकारले बनाउनुपर्ने उनको भनाई थियो । पोखरेलले बीआरआईको फ्रेमवर्क सम्झौता कार्यान्वयनमा समेत सरकारले चीनसमक्ष कुरा राख्नुपर्ने सुझाव दिए ।
फरक प्रसङ्गमा उनले मानव तस्करीमा मुछिएका पार्टीका नेता लिलाबल्लभ अधिकारीलाई पार्टीको सबै खाले जिम्मेवारीबाट मुक्त गरिएको र अनुसन्धानमा एमालेले पूर्ण रूपमा राज्यका निकायहरूलाई सघाउने स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण