सांसद अधिकारी आफैँ प्रहरी कार्यालय जाँदै
विराटनगर । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका निवर्तमान आन्तरिम मामिला तथा कानुन मन्त्री तथा प्रदेश सांसद लिलाबल्लभ अधिकारी बयानका लागि प्रहरी कार्यालय हाजिर हुने भएका छन् ।
अधिकारी निकट स्रोतले दिएको जानकारी अनुसार विराटनगरमा रहेका अधिकारी आज दिउँसो साढे १ बजेर ५० मिनेटमा प्लेनबाट काठमाडौँस्थित केन्द्रीय अपराध अनुसन्धान ब्युरो अन्तर्गतको मानव बेचबिखन ब्युरो जान लागेका हुन् ।
‘उहाँ प्रहरी कार्यालयमा आफैँ पुगेर बयान दिन लाग्नुभएको छ,’ उक्त स्रोतले भन्यो, ‘दिउँसो १ः५० को टिकट भइसकेको छ । प्रहरीलाई सहयोग गर्न उहाँ आफैँ बयानका लागि जान लाग्नुभएको हो ।’
अधिकारीले गत कार्तिक १३ गते आफू जापान जाने क्रममा आफूसँगै नक्कली कागजात लिएका तीन जना नेपालीलाई लगेको आरोप लागेको छ । उक्त घटनामा प्रहरीले ६ जना पक्राउ गरिसकेको छ । जसमा जापान जाने खोटाङका दावा शेर्पा, जनक राई, रसुवाका कञ्चन देवकोटा रहेका छन् ।
यस्तै उनीहरूको नक्कली कागजात बनाउन सघाउने तीन जनामा धादिङका महेश पाण्डे, नुवाकोटका जुगल रिजाल र दोलखाका वीरबहादुर सुनुवार पनि प्रहरीले पक्राउ गरेको छ । अधिकारीले जापान नजान मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रमुख सचिव केदारनाथ शर्मा तथा मन्त्रालयका कर्मचारीहरूले दिएको सुझावको अवज्ञा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण