‘सिकन्दर’को सेटमा बढाइयो सलमानको सुरक्षा
नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खान र अभिनेत्री रश्मिका मन्डन्ना यतिबेला आफ्नो आगामी फिल्म ‘सिकन्दर’ को सुटिङमा व्यस्त छन् । सुटिङका लागि दुवै हैदराबादको फलकनुमा प्यालेमा छन् ।
चलचित्रको छायाङ्कन सुरु भइसकेको छ । लरेन्स बिश्नोई गिरोहको एक पछि अर्को गर्दै धम्की आइरहँदा सुटिङको सेटमा अभिनेताको सुरक्षा व्यवस्था कडा पारिएको छ । सलमान खानलाई हालै नयाँ धम्की आएको थियो । जसमा उनीसँग पैसा पनि मागिएको छ । प्रहरीले यी धम्कीबारे अनुसन्धान गरिरहेको छ ।
प्रहरीले बढायो सुरक्षा
ग्याङ्स्टर लरेन्स बिश्नोईको नाममा लगातार धम्की आएपछि हैदराबादमा सुटिङको सेटमा सलमानको सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ । ‘लरेन्स बिश्नोई गिरोहबाट अभिनेतालाई धम्की आइरहेको पृष्ठभूमिमा हैदराबादको पुरानो सहरको एक तारे होटेलमा कडा सुरक्षामा सलमान खानको ‘सिकन्दर’को सुटिङ भइरहेको छ,’ पुलिस स्रोतहरूले पीटीआईलाई भनेका छन् ।
धम्कीपछि चालिएको हो यो कदम
उनले अझ अगाडि भने, ‘सलमान खानलाई वाई प्लस श्रेणीको सुरक्षामा राखिएकोले सुरक्षा कडा पारिएको छ ।’ अगाडि ती स्रोतले भनेका छन् । तर प्रहरीले यसबारे अन्य विवरण बताउन भने अस्वीकार गरेको बताइएको छ । सरकारी सुरक्षा बाहेक सलमान खानको आफ्नै सुरक्षा व्यवस्था पनि छ । उनलाई लरेन्स बिश्नोई गिरोहबाट ज्यान मार्ने धम्की आएको थियो । पछिल्लो पटक उनलाई लगातार धम्की आइरहेको छ । पछिल्लो धम्की बिहीबार राति मुम्बई ट्राफिक प्रहरीको ह्वाट्सएप हेल्पलाइनमा आएको थियो ।
गीतकारलाई पनि धम्की
म्यासेज पठाउनेले अभिनेतालाई धम्की दिँदै ५ करोड भारु मागेको थिए । उक्त व्यक्तिले ‘मै सिकन्दर हूँ’ गीतका गीतकारलाई पनि धम्की दिएको अधिकारीले बताएका छन् । ट्राफिक अधिकारीको उजुरीमा वर्ली प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ । पछिल्लो केही महिनामा अभिनेतालाई ज्यान मार्ने धम्की आएको यो पाँचौँ पटक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण