दुल्लु–१३ मा तीन शाहीबिच त्रिपक्षीय भिडन्त !
सुर्खेत । दैलेखको दुल्लु नगरपालिका–१३, को वडाध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भएको छ । यहाँ प्रमुख राजनीतिक दलहरू नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का उम्मेदवारबिच कडा प्रतिस्पर्धा हुने भएको हो ।
यहाँ माओवादीको तर्फबाट प्रदेश कमिटीका सदस्य ढकेन्द्र बहादुर शाही उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसले युवा नेता रेशमबहादुर शाहीलाई उम्मेदवार बनाएको छ भने एमालेले लालबहादुर शाहीलाई उम्मेदवार बनाएको छ । व्यक्तिगत रूपमा यहाँ माओवादीका शाही र कांग्रेसका शाहीको बलियो प्रभाव रहेको छ ।
माओवादीका शाही पूर्व एमाले हुन् । उनी एमालेबाट ०५४ मा नै साबिकको मालिका गाविसका अध्यक्ष समेत भइसकेका व्यक्ति हुन् । माओवादी शान्ति प्रक्रियामा आइसकेपछि उनी माओवादीतर्फ लागेका हुन् । उनी व्यक्तिगत रूपमा सबैतिर चिनिएका व्यक्ति हुन् ।
कांग्रेसका शाही ४० मुनिका युवा हुन् । पढेलेखेका युवा शाही अहिले पार्टीका नगर कमिटी कोषाध्यक्ष छन् । गाउँमै बस्ने र सबैतिर परिचित उनी युवाहरूमाझ लोकप्रिय छन् ।
यस्तै एमाले उम्मेदवार शाही पार्टीको वडा कमिटी अध्यक्ष हुन्, भने भारतमा मजदुर लिने ठेक्कापट्टाका कामका सक्रिय व्यक्ति हुन् । ०७९ को निर्वाचनमा यहाँ एमालेका बिर्खबहादुर शाही ८२२ मत पाएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका डम्बर शाहीले ७७३ मत पाएका थिए । माओवादीका शाहीलाई कांग्रेसको साथ थियो । निर्वाचित भएका शाहीको ब्रेन ट्युमरका कारण ०८० माघमा मृत्यु भएको थियो । उपनिर्वाचन मंसिर १६ मा हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा तथा खेलकुदमन्त्री पोखरेल सुर्खेतमा : रङ्गशालादेखि विश्वविद्यालयको अनुगमन
-
थुनुवा मृत्यु प्रकरण : डीएसपी लक्ष्मी खनालसहित ४ जनामाथि कारबाही प्रक्रिया सुरु
-
जग्गाधनी पूर्जा बनाइदिने भन्दै ६० हजार घुस लिने अमिन अख्तियारको फन्दामा
-
विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार
-
मधेस प्रदेशमा मानसिक स्वास्थ्य समस्या बढ्दै, एक वर्षमा एक हजार २९८ जनाको मृत्यु
-
भारतमा पार्टी विभाजनको इतिहासः कांग्रेस र भाजपाका विद्रोह कति सफल कति असफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण