उपचारमा सहयोग गर्न वसन्त सापकोटाको अनुरोध
काठमाडौँ । आर्थिक अभावका कारण समस्या परेको भन्दै वसन्त सापकोटाले आफ्नो उपचारका लागि सहयोग गर्न अपिल गरेका छन् । शारीरिक रुपमा अशक्त ३८ वर्षीय वसन्त जन्मजात काइफोटिक रोगबाट पीडित छन् ।
उनले सो रोगबाट छुटकाराका लागि छाती र ढाडको सर्जरीको उपचार गराउनुपर्ने हुन्छ । सोको उपचार अमेरिकामा सम्भव हुने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र वीर अस्पतालका चिकित्सकीय टोलीले सिफारिस गरेको छ ।
पारिवारिक रूपमा अति विपन्न पृष्ठभूमिका उनी आफ्नो रोगले उपचार पाउने भएपछि अमेरिकामा उपचार गर्ने भएका हुन् ।
सर्लाहीको कालिन्जोर–५ स्थायी घर भएका उनी हाल काठमाडौँ बस्छन् । राजधानीको एक प्रेसमा काम गर्ने उनले कम्प्युटरमा डिजाइन गरेको भरमा आफ्नो रोजीरोटी चलाउँदै आएका छन् ।
उनले आफ्नो उपचारका लागि देश तथा विदेशमा रहेकाहरूसँग सहयोग मागेका छन् । उनको बैङ्ग खाता, एनआइसी एसिया बैंक १९८७९६१७१५९५२४०१ मा रहेको छ । उनको मोबाइल नं ९८४४०८९५१७ रहेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण