‘हरिबहादुरको जुत्ता’मा प्रियंकाको इन्ट्री
काठमाडौँ । दीपेन्द्र के. खनालको निर्देशनमा बन्न लागेको फिल्म ‘हरिबहादुरको जुत्ता’मा अभिनेत्री प्रियंका कार्कीको प्रवेश भएको छ । निर्माण युनिटले फिल्मको मुख्य भूमिकामा प्रियंकालाई भित्र्याएको हो ।
प्रियंकाले सामाजिक सञ्जालमा निर्देशक खनालबाट स्क्रिप्ट बुझेको तस्बिर सेयर गर्दै फिल्ममा आफूलाई अनुबन्धित गरेकोमा निर्मातासहितको टिमलाई धन्यवाद दिएकी छन् ।
प्रियंकाको अलवा फिल्ममा हरिवंश आचार्य, प्रकाश सपूत, स्वस्तिमा खड्काको पनि मुख्य भुमिका रहनेछ । प्रियंकाको निर्देशक खनालसँग यो चौथो सहकार्य हुनेछ । यसअघि ‘भिजिलान्ते’, ‘झोले’ र ‘चंगा चेट’मा उनीहरूको सहकार्य भएको थियो ।
फिल्ममा पटकथा तथा संवाद हरिवंश आचार्य स्वयंको छ । उनले ‘आइडिया’ युनिक रहेकाले फिल्म राम्रो बन्ने विश्वास व्यक्त गरेका छन् । फिल्मलाई सरोज ओलीले निर्माण गर्नेछन् । सरोजले हरिवंश र प्रियंकासँग थुप्रै गीतमा सहकार्य गरिसकेका छन् । आगामी माघको दोस्रो सातादेखि काभ्रेमा फिल्मको छायाङ्कन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण