राजनीति
एकीकृत समाजवादीको कर्णाली प्रदेश प्रथम अधिवेशन सुरु, माधव नेपालले गरे उद्घाटन
सोमबार, २६ कात्तिक २०८१, १५ : ४३
सुर्खेत । नेकपा (एकीकृत समाजवादी) को कर्णाली प्रदेश प्रथम अधिवेशन सुरु भएको छ । समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अधिवेशनको उद्घाटन गरेका छन् । मंगलबारसम्म चल्ने उक्त अधिवेशनमा प्रदेशभरबाट ५ सयभन्दा बढी प्रतिनिधिहरू प्रदेश राजधानी वीरेन्द्रनगरमा सहभागी छन् ।
समाजवादीका केन्द्रीय सदस्य वसन्त विश्वकर्माका अनुसार सोमबार उद्घाटन र मङ्गलवार बन्दसत्र सुरु हुनेछ । त्यसपछि प्रदेश समितिका पदाधिकारी चयनका लागि प्रक्रिया अगाढि बढाइने छ ।
अधिवेशनबाट १३१ जनाको प्रदेश कमिटी निर्वाचित हुने छ । अधिवेशनका सहभागी हुन अध्यक्ष नेपालसहित वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे लगायतका नेताहरू सहभागी रहेका छन् । अधिवेशन वीरेन्द्रनगरको सिद्धार्थ सहकारीको हलका चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थुनुवा मृत्यु प्रकरण : डीएसपी लक्ष्मी खनालसहित ४ जनामाथि कारबाही प्रक्रिया सुरु
-
जग्गाधनी पूर्जा बनाइदिने भन्दै ६० हजार घुस लिने अमिन अख्तियारको फन्दामा
-
विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार
-
मधेस प्रदेशमा मानसिक स्वास्थ्य समस्या बढ्दै, एक वर्षमा एक हजार २९८ जनाको मृत्यु
-
भारतमा पार्टी विभाजनको इतिहासः कांग्रेस र भाजपाका विद्रोह कति सफल कति असफल ?
-
मुस्ताङका होटल र पसलमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण