सिभिल सहकारीमा ६ अर्ब २१ करोडको मागदाबी, १५७७ जनाले दिए आवेदन
काठमाडौँ । समस्याग्रस्त सिभिल सहकारीमा डुबेको बचत फिर्ता गर्न ६ अर्ब २१ करोडको मागदाबी परेको छ । बागमती प्रदेश सरकार अन्तर्गत रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका अनुसार हालसम्म सो बराबरको मागदाबी परेको हो ।
हालसम्म कुल १ हजार ५७७ जनाले बचत फिर्ताको लागि आवेदन दिएको कार्यालयका सदस्य सचिव महेश आचार्यले जानकारी दिए ।
यसरी मागदाबी भएको रकममध्ये बचत खाता अन्तर्गत ३ अर्ब ७३ करोड ५८ लाख, मुद्दती खाता अन्तर्गत २ अर्ब ४७ करोड ३५ लाख र शेयर बचत अन्तर्गत ५३ करोड ७१ लाख रुपैयाँ रहेको समितिले जनाएको छ । त्यस्तै, अपार्टमेन्ट दिने शर्तमा जम्मा गरिएको भन्दै ५ लाख रुपैयाँको दाबी परेको छ ।
सिभिल सहकारीलाई बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले असोज १५ गते समस्याग्रस्त घोषणा गरेको थियो । त्यसलगत्तै बचत मागदाबीका लागि समितिले ३५ दिन समय दिएर आवेदन आह्वान गरेको थियो । मंगलबार यसका लागि ३५ दिनको समय सकिँदैछ । यद्यपि यो समय अझै थपिने सदस्य सचिव आचार्य बताउँछन् ।
सिभिलको व्यवस्थापन गर्ने जिम्मा पाएपछि त्यसको सफ्टवेयर र अरू विवरण प्राप्त गर्ने प्रयास गरेको थियो । तर, यसअघि नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले लगिसकेकोले कार्यालयमा केही पनि प्राप्त हुन नसकेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण