सिन्धुलीमा शिक्षकलाई गोली हान्ने कार्यमा संलग्न पक्राउ
काठमाडौँ । सिन्धुलीमा शिक्षकमाथि गोली प्रहार गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–७ तुफानपुर घर भएका ३० वर्षीय कर्मानन्द ठाकुर छन् ।
कार्तिक २५ मा हरिहरपुरगढी गाउँपालिका–६ स्थित झप्सीमा प्रेम बहादुर बोम्जनमाथि गोली प्रहार भएको थियो । सर्लाहीको बागमती गाउँपालिका–१ घर भएका बोम्जन प्रदेश–२–००३–००६ प ८४५४ नम्बरको मोटरसाइकलमा सिन्धुली जाँदै थिए ।
सर्लाही र सिन्धुलीको सिमाना स्थित झप्सीमा लुकेर आरोपीहरुले कट्टा पेस्तोलबाट गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिल खड्काले रातोपाटीलाई बताए । पक्राउ परेका ठाकुर सहित ३ जना मिलेर लुटपाट गर्ने उद्देश्यले शिक्षकमाथि गोली प्रहार गरेको प्रहरीको अनुसन्धानको निष्कर्ष छ । डीएसपी खड्काले भने, ‘पक्राउ परेका आरोपीले पनि लुट्ने उद्देश्यले गोली हानेको स्विकारेका छन् ।’
बोम्जन मकवानपुरको बकैया गाउँपालिका–३ स्थित हात्तीसुडेमा रहेको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन् । एकान्त पारेर लुट्ने उद्देश्यले बसेका लुटेराहरूले हानेको गोली लागेर घाइते भएका बोम्जनलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । काठमाडौँको ह्याम्स अस्पतालमा उनको दाँतमा अड्किएको गोली निकालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण