सानाले ठूला दलमाथि शासन गरे : पोखरेल
विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले २०८४ सालको चुनाव अगाडि नै संविधान संशोधन गर्न सकिने बताएका छन् । विराटनगर विमानस्थलमा आज संचारकर्मीहरुसँग कुरा गर्दै उनले आउने चुनावमा जनमत विभाजन हुन नदिनेगरी संविधान संशोधन हुने दाबी गरे ।
‘हामी जे काम गर्छौ त्यसको रिफ्लेक्सन आउने चुनावमा हुन्छ,’ उनले भने, ‘धेरै दलमा जनमत विभाजन भएर प्रमुख दलहरू माथि साना दललले शासन गर्ने परिपाटी भयो । नेपालको लोकतन्त्रमा त्यो चिज तुरुन्तै अन्त्य गरेर हुँदैन । त्यो चुनावको नयाँ जनादेशबाट हुन्छ ।’
साना दलले ठूला दलमाथि गरेको शासन चुनावबाट अन्त्य गर्ने हिसाबले नै संविधान संशोधनको विषयलाई अगाडि बढाइएको उनले बताए । ८४ को चुनावपछि राजनीति गर्न चाहने दलले बलियो हुनुपर्ने उनले बताए । ‘साना दलहरूले म्याजिक नम्बर पायौँ भन्ने अर्थमा शासन गर्ने परिपाटी बेहोर्नु परेकोले त्यो अन्त्य गर्न खोजिएको हो,’ उनले भने ।
महासचिव पोख्रेलले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति संकेत गर्दै भने, ‘सानो भएर सान गर्ने उचित भएन । लोकतन्त्रमा सानो हुने म्याजिक नम्बरको हबला दिएर चाहि अरू दलमाथि शासन गर्न खोज्ने परिपाटी अन्त्य हुनुपर्ने उनले बताए । हिजो म्याजिक नम्बर बालालाई बालकोट तिर बोलाउनु हुन्थ्यो नि भन्ने प्रश्नमा महासचिव पोख्रेलले हिजो गल्ती गरेका कारण आज सच्याइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण