कुलेखानी क्षतिको अध्ययन समितिले बुझायो प्रतिवेदन
मङ्गलबार, २७ कात्तिक २०८१, १४ : ३५
काठमाडौँ । कुलेखानी जलविद्युत् आयोजनामा भएको भएको क्षतिबारे अध्ययन गर्न बनेको समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई प्रतिवेदन बुझाएको छ ।
असोजको ११ र १२ गते परेको पानीका कारण कुलेखानी जलविद्युत् आयोजना भरिँदा ड्यामको ढोका खोलिएको थियो । ढोका खोल्दा तटीय क्षेत्रमा क्षति भएपछि ऊर्जा मन्त्रालयले असोज २२ गते विद्युत् विकास विभागका उपमहानिर्देशक गोकर्णराज पन्थको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो ।
समितिले स्थलगत अध्ययन तथा छानबिन गरी तयार पारेको प्रतिवेदन मंगलबार बुझाएको हो । प्रतिवेदनमा ड्यामको ढोका मापदण्ड अनुसार खोलिएको वा नखोलिएको विषयमा समेत उल्लेख गरिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण