पशुलाई निर्दयी व्यवहार गरेको आरोपमा ४ जना पक्राउ
काठमाडौँ । पशुलाई निर्दयी व्यवहार गरेको आरोपमा प्रहरीले कपिलवस्तुको बुद्धभुमि नगरपालिका वडा नम्बर–२ बाट ४ जनालाई पक्राउ गरेको छ । पश्चिमबाट पूर्वतर्फ बागमती प्रदेश–०३–००१ ख १९९२ नम्बरको ट्रकमा उनीहरूले २४ वटा गोरुलाई निर्दयी तरिकाले बाँधेर लगेको भेटिएको छ ।
पक्राउ पर्नेमा मोरङको विराटनगर उपमहानगरपालिका–३ घर भएका ३८ वर्षीय हेमु श्रेष्ठ, २७ वर्षीय रमेश श्रेष्ठ, सुनसरी घर भएका इसाद आलम र २७ वर्षीय समिम आलम छन् । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूले गोरुलाई यातना हुनेगरी पुच्छर बाँधेको, नाक छेडेको र श्वास लिन अप्ठेरो हुनेगरी त्रिपालले छोपेको कपिलवस्तुका एसपी निरञ्जनदत्त भट्टले रातोपाटीलाई बताए । उनले भने,‘गोरुको सिङबाट रगत आउँदा पनि उनीहरूले निर्दयी व्यवहार गरिरहेको भेटिएको छ ।’
आरोपीहरू विरुद्ध प्रहरीले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण