९३ हजार डलरको कीर्तिमानी स्तरमा उक्लियो बिट्क्वाइनको भाउ
बिहीबार, २९ कात्तिक २०८१, १२ : ५८
वासिङटन डीसी । अन्तर्राष्ट्रिय बजारमा भर्चुअल मुद्रा बिटक्वाइनको भाउले बिहीबार ९३ हजार डलरको स्तर पार गरेको छ । अमेरिकामा राष्ट्रपति चुनावमा पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको विजयपछि बिटक्वाइन बुलिश बनेको छ ।
यही क्रममा बिट्क्वाइनको भाउले नयाँ कीर्तिमानी उचाई छोएको छ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड)ले थप ब्याज दर कटौती गर्ने अपेक्षाले पनि बिटक्वाइनको भाउ बढाइरहेको छ । बिहीबार प्रतिगोट बिट्क्वाइनको भाउ ९३ हजार ४०० डलरको उचाइसम्म पुगेको थियो ।
अमेरिकी बजारमा बिट्क्वाइनको भाउ झन्डै ६ प्रतिशतले बढ्यो । सिङ्गापुरमा बिहानी कारोबारमा ८९ हजार ९७४ डलरमा ओर्लनुअघि यसको भाउ ९३ हजार ४६२ डलरको कीर्तिमानी उचाइमा पुगेको थियो । यससँगै बिटक्वाइनको कुल बजार पुँजीकरण १८ खर्ब ८० अर्ब डलर पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण