काठमाडौँ महानगरको फोहोर व्यवस्थापनको टेण्डर प्रक्रिया रोक्न नपर्ने आदेश
काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाले अघि बढाएको फोहोर व्यवस्थापनको टेण्डर रोक्न नपर्ने आदेश गरेको छ । उच्चका न्यायाधीशद्वय श्यामकुमार भट्टराई र टीकाराम आचार्यको संयुक्त इजलासले अन्तरिम आदेश जारी नहुने आदेश जारी गरेको हो ।
फोहोरमैलाको संकलन तथा व्यवस्थापनको संवेदनशीलता भएकाले महानगरपालिकाले सार्वजनिक गरेको बोलपत्रको प्रक्रिया रोक लगाउन नपर्ने भनी आदेश गरेको छ ।
काठमाडौँ उपत्यकाको फोहोरमैला संकलन गरिरहेको नेपवेष्ट प्रा.ली.ले बोलपत्रको प्रक्रिया रोक लगाउनुपर्ने माग राखी कात्तिक १२ गते रिट दायर गरेको थियो ।
निवेदनमा उल्लेख भएका विषय अन्तिममा नै निरूपण हुने भन्दै अदालतले प्रक्रिया रोक्न नपर्ने भनी आदेश गरेको हो । सरकारले परियोजना विकास सम्झौता (पीडीए) गरी काठमाडौँको फोहोर व्यवस्थापनको जिम्मेवारी नेपवेष्टलाई दिएको थियो । महानगरले उक्त सम्झौता विपरीत गएको भन्दै नेपवेष्टले अदालतमा मुद्दा हालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण