इटाली र फ्रान्स क्वार्टरफाइनलमा
काठमाडौँ । एक खेल अगावै इटाली र फ्रान्सले यूईएफए नेसन्स लिगको क्वार्टरफाइनलमा स्थान पक्का गरेका छन् ।
इटालीले बिहीबार राति भएको खेलमा बेल्जियमलाई १–० गोलले पराजित गर्यो । सान्ड्रो टोनालीले गरेको एक मात्र गोल निर्णायक बन्यो ।
टोलीका लागि उनको यो पहिलो गोल पनि थियो । न्युक्यासलका मिडफिल्डरले जियोभानी डी लोरेन्जोको पासमा ६ यार्ड टाढाबाट गोल गरे ।
उता, बेल्जियमका लागि वोट फायस बराबरी गोल फर्काउने नजिक पुगेका थिए । तर, लियान्ड्रो ट्रोसार्डको क्रसमा उनको हेडर क्रसबारमा लाग्न पुग्यो ।
उता, इजरायलसँग गोलरहित बराबरी खेलेको फ्रान्स पनि अर्को चरणका लागि छनोट भएको छ । फ्रान्सले विपक्षीको पोस्टमा कूल २४ प्रहार गरे पनि गोल गर्न भने सकेन ।
इजरायलका गोलकिपर ड्यानियल पेरेट्जले ८ वटा सेभ गरेका थिए । इजरायल गाजा युद्धका कारण स्टाडे फ्रान्सको सुरक्षा कडा बनाइएको थियो ।
अब इटाली र फ्रान्स शीर्ष समूहको शीर्ष स्थानका लागि आइतबार भिड्नेछन् । समूह ए२ मा इटाली १३ अङ्कसहित हाल शीर्ष स्थानमा रहेको छ । फ्रान्स भने १० अङ्क बटुलेर दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण