भक्तपुरमा महिलाको हत्या, कारण लुटपाट
काठमाडौँ । कार्तिक २८ मा साँझ भक्तपुरको दरबार स्क्वायरमा ९४ वर्षीया विष्णु कुमारी त्वयना मृत फेला परिन् । आफू बस्ने घरको तेस्रो तलामा उनी मृत अवस्थामा भेटिएकी हुन् ।
घरको दुईतला भाडामा लगाएर त्वयना एक्लै तेस्रो तलामा बस्थिन् । उनका ४ भाइ छोरा र बुहारी सूर्यविनायकमा बस्छन् । भक्तपुर नगरपालिका–३ दरबार स्क्वायरमा उनको अर्को पनि घर छ । दुवै घरको भाडा त्वयनाले नै उठाउँथिन् ।
आफू बस्ने घरको ६ हजार ५ सय र अर्को घरको २० हजार भाडा आउँथ्यो । उनको वृद्धभत्ता पनि आउँथ्यो ।
हत्याराले दुवै खुट्टा बाँधेर मुखमा कपडा कोचेर उनको हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । हत्यापछि कानमा लगाएको ८ आनाको सुनको रिङ र थैलीमा भएको पैसा हत्यामा संलग्नले लुटेर लगेको भेटिएको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘थैलीको नगद र सुन लुटेको देखिन्छ ।’
उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपीद्वय रुगम कुँवर र सुवास बुढाथोकी नेतृत्वको टिमले घटनाबारे अनुसन्धान गरिरहेको छ । हत्यामा संलग्न आशङ्कामा केही शंकास्पदहरुलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । तर, प्रहरी आरोपीसम्म पुग्न सकेको छैन ।
घर नजिकै त्वयनाकी बुहारीले पसल चलाउँछिन् । कार्तिक २७ मा साँझ बुहारीले पसल बन्द गरेपछि उनी घरमा फर्केको परिवारका सदस्यहरूले बताएका छन् । पसलबाट फर्केको करिब २ घण्टाको बिचमा उनको हत्या भएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण